images
images

मन्त्रिपरिषद्को मर्यादाक्रम हेरफेर: सुधनको स्थान तल झर्दा शिशिर र विराजभक्तको वरियतामा सुधार

  • २४ चैत्र २०८२, मंगलवार १३:११

भक्तपुर । संघीय मन्त्रिपरिषद्को मर्यादाक्रम हेरफेर भएको छ ।

नियुक्त भएको ११ दिनपछि मन्त्रीहरुको वरीयतामा व्यापक हेरफेर गरिएको हो । चैत १३ गते मन्त्रिपरिषद् गठन हुँदा गृहमन्त्री सुधन गुरुङको वरीयता तेस्रो नम्बरमा रहेकामा चैत २४ गते  राष्ट्रपति रामचन्द्र पौडेलले मर्यादाक्रम हेरफेर गर्दा गृहमन्त्री सुदन गुरुङ पाँचौँ नम्बरमा पुगेका छन् ।

प्रधानमन्त्री बालेन्द्र शाहपछिको वरियतामा अर्थमन्त्री स्वर्णिम वाग्ले यथावत छन् । नयाँ मर्यादा अनुसार तेस्रो वरियतामा परराष्ट्रमन्त्री शिशिर खनाल, चौथौमा उर्जा, जलस्रोत तथा सिंचाईमन्त्री विराजभक्त श्रेष्ठ रहेका छन् ।

यस्तै यसअघि सातौं वरियतामा रहेका पर्यटनमन्त्री खडक राज पौडेल अहिले १२ औं वरियतामा पुगेका छन् भने ८ औं वरियतामा रहेका शिक्षामन्त्री सस्मित पोखरेल ११ औं वरियतामा पुगेका छन् ।

यसैगरी ९ औं  वरियतामा रहेकी स्वास्थ्यमन्त्री निशा मेहता १० औं वरियतामा, १० औं वरियतामा रहेका डा विक्रम तिमल्सिना १३ औं वरियतामा, ११ औं वरियतामा रहेकी संघीय मामिला मन्त्री प्रतिभा रावल ९ औं वरियतामा र १२ औं वरियतामा रहेकी कानुनमन्त्री सोविता गौतम ७ औं वरियतामा पुगेका छन् ।

यस्तै १३ औं वरियतामा रहेकी कृषि मन्त्री गीता चौधरीको अहिले १४ औं वरियतामा र १४ औं वरियतामा रहेका श्रममन्त्री दीपक साह अहिले अन्तिम वरियतामा रहेका छन् ।