images
images

ईन्धन आयातमा ५० प्रतिशत भन्सार छुट, आवश्यक परे जोरविजोर प्रणाली लागु गरिने

भक्तपुर । सरकारले पेट्रोलियम पदार्थ आयातमा लगाउँदै आएको भन्सार करमा ५० प्रतिशत छुट दिने निर्णय गरेको छ ।

मन्त्रिपरिषदको बैठकले पेट्रोल, डिजेल र मट्टितेलको पैठारीमा लाग्दै आएको भन्सार महसुल र पूर्वाधार विकास महसुलमा ५० प्रतिशत दिने निर्णय गरेको हो ।

‘वर्क फ्रम होम’ को आव्हान

सरकारले सवारीसाधनमा आवश्यक परे जोरबिजोर प्रणाली लागू हुन सक्ने बताएको छ । आज बसेको मन्त्रिपरिषद्को बैठकको निर्णय सुनाउँदै मन्त्री प्रतिभा रावललले पेट्रोलियम पदार्थको आपूर्ति र वितरणमा भइरहेको असहजताका कारण विद्युतीय साधनको प्रयोग बढाउन र ‘वर्क फ्रम होम’ का लागि आव्हान गरेकी हुन् ।

हालको संरचनामा बिक्री गर्दा नेपाल सरकारलाई १५ दिनमा समग्र घाटा करिब ११ अर्ब ७२ करोड पुग्ने अवस्था रहेको छ । सरकारले पेट्रोलियम पदार्थ खपत नियन्त्रणका लागि सातामा दुई दिन सार्वजनिक बिदा, शैक्षिक सत्र वैशाख १५ बाट सुरू गर्ने, थोक बिक्री नियन्त्रण र उच्च पदस्थको इन्धन कोटा कटौतीको निर्णय गरिसकेको छ ।