images
images

स्थानीय तह निर्वाचनः भीमेश्वरमा गठबन्धन र एमालेबीच टक्कर

  • २४ बैशाख २०७९, शनिबार ०९:२३

दोलखा । स्थानिय तहको निर्वाचनमा दोलखाको भिमेश्वर नगरपालिकामा गबठन्धन दल र नेकपा एमालेबीच कडा प्रतिष्पर्धा हुने भएको छ ।

वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनमा भिमेश्वर नगरपालिकामा नेपाली काँग्रेस, नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादीबीचको गठबन्धनदल र नेकपा एमालेलेबीच दुईपक्षीय प्रतिश्पर्धा हुने भएको हो । निर्वाचनका लागि नगरपालिकाको प्रमुखदेखि सदस्य पद सम्ममा १ सय ६४ जना चुनावी मैदानमा उत्रिएका छन् । भिमेश्वरमा नगरप्रमुखका लागी ८ जना, उपप्रमुखका लागि ५ र वडा अध्यक्षमा ३९ जना चुनावी प्रतिस्पर्धामा रहेको भिमेश्वर नगरपालिकाका सहायक निर्वाचन अधिकृत भीम पाण्डेले जानकारी दिनुभयो । उहाँका अनुसार खुल्ला सदस्यका लागि ५७, महिला सदस्यका लागि ३१, दलित महिला सदस्य पदमा २४ जनाको उम्मेदवारी दर्ता भएको छ ।

भिमेश्वर नगरपालिकामा नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र र समाजवादीले चुनावी तालमेल गरि संयुक्त उम्मेदवार उठाएका छन् भने एमाले एक्लै चुनावी मैदानमा छ । भिमेश्वर नगरपालिकामा नगरप्रमुखका लागि संयुक्त प्यानलबाट नेपाली कांग्रेसका ईश्वर नारायण मानन्धर र एमालेवाट हरिबंश चौलागाई चुनावी मैदानमा छन् । नगरउपप्रमुखका लागि गठबन्धनबाट संगिता तामाङ र एमालेबाट कमला बस्नेत वीच प्रतिश्पर्धा हुँदैछ । ९ वटा वडा रहेको भिमेश्वर नगरपालिकामा पनि सवै वडामा गठबन्धनदल र एमालेबीच प्रतिपष्र्धा हुँदैछ ।

स्थानिय तहको निर्वाचनमा दोलखाको भिमेश्वर नगरपालिकामा गबठन्धन दल र नेकपा एमालेबीच कडा प्रतिष्पर्धा हुने भएको छ । वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनमा भिमेश्वर नगरपालिकामा नेपाली काँग्रेस, नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादीबीचको गठबन्धनदल र नेकपा एमालेलेबीच दुईपक्षीय प्रतिश्पर्धा हुने भएको हो । निर्वाचनका लागि नगरपालिकाको प्रमुखदेखि सदस्य पद सम्ममा १ सय ६४ जना चुनावी मैदानमा उत्रिएका छन् । भिमेश्वरमा नगरप्रमुखका लागी ८ जना, उपप्रमुखका लागि ५ र वडा अध्यक्षमा ३९ जना चुनावी प्रतिस्पर्धामा रहेको भिमेश्वर नगरपालिकाका सहायक निर्वाचन अधिकृत भीम पाण्डेले जानकारी दिनुभयो । 

वडाअध्यक्षमा वडा नम्बर १ मा गठबन्धनबाट केशव प्रसाद शिवाकोटी र एमालेबाट जंग बहादुर थामीबीच प्रतिस्पर्धा हुनेछ । वडा नम्बर २ मा गठबन्धनबाट नेपाली कांग्रेसका भरत नारायण प्रधान र एमालेबाट स्टालिन श्रेष्ठ चुनावी मैदानमा उत्रिएका छन् । वडा नम्वर ३ मा गठबन्धनबाट कांग्रेसका हरिशरण शिवाकोटीे, एमालेका सन्तोष राउत, वडा नम्बर ४ मा गठनबन्धमा तारानाथ चौलागाईँ र एमालेका भीम बहादुर केसी तथा वडा नम्बर ५ को अध्यक्षमा कांग्रेसबाट बाबु काजी बस्नेत र एमालेका बासु श्रेष्ठ चुनावी मैदानमा छन् । यस्तै, वडा नम्वर ६ मा कांग्रेसका युवराज थापा र एमालेको तर्फबाट नवीन कुमार लामा, वडा नम्वर ७ मा अध्यक्षका लागि गठबन्धनबाट नारायण शाह र एमालेबाट विनोद तामाङ चुनावी प्रतिपष्र्धामा छन् ।

वडा नम्बर ८ मा कांग्रेसका काजि वुढाथोकी र एमालेका ज्ञान बहादुर तामाङ तथा वडा नम्बर ९ मा जय बहादुर श्रेष्ठ र एमालेबाट हिमाल श्रेष्ठबीच प्रतिष्पर्धा हुँदैछ । स्थानीय तहको निर्वाचनमा गठबन्धन दलले कांग्रेसको चुनाव चिन्हबाट निर्वाचन लड्दैछ ।