images
images

निर्वाचनका लागि दोलखामा ९ सय ६१ जना कर्मचारी खटिने

  • २४ बैशाख २०७९, शनिबार १७:४८

दोलखा । वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनका लागि दोलखामा ९ सय भन्दा बढी कर्मचारीलाई खटाइने भएको छ ।

जिल्लाका ९ वटा स्थानीय तहमा कुल ९ सय ६१ जना कर्मचारीलाई खटाईने भएको हो । आवश्यक निर्वाचन सामाग्री सहित जिल्लाका ९४ वटा मतदानस्थलका १ सय ९३ वटा मतदान केन्द्रमा १ सय ९३ जना मतदान अधिकृत र सोही संख्यामा सहायक मतदान अधिकृत खटिने भएका छन् । निर्वाचनका लागि ५ सय ७५ जना सहायक कर्मचारी र सहयोगी कर्मचारी पनि खटिने मुख्य निर्वाचन अधिकृतको कार्यालय दोलखाले जनाएको छ । कार्यालयले सबैभन्दा बढी र कम मतदाता भएको स्थानलाई छुट्याएर कर्मचारी परिचालन गरेको छ । निर्वाचनका लागि भीमेश्वर नगरपालिकामा ३४ जना कर्मचारी खटिनेछन् भने जिरी नगरपालिकामा सबैभन्दा कम १७ जना कर्मचारी परिचालन हुनेछन् ।

वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनका लागि दोलखामा ९ सय भन्दा बढी कर्मचारीलाई खटाइने भएको छ । जिल्लाका ९ वटा स्थानीय तहमा कुल ९ सय ६१ जना कर्मचारीलाई खटाईने भएको हो । आवश्यक निर्वाचन सामाग्री सहित जिल्लाका ९४ वटा मतदानस्थलका १ सय ९३ वटा मतदान केन्द्रमा १ सय ९३ जना मतदान अधिकृत र सोही संख्यामा सहायक मतदान अधिकृत खटिने भएका छन् । निर्वाचनका लागि ५ सय ७५ जना सहायक कर्मचारी र सहयोगी कर्मचारी पनि खटिने मुख्य निर्वाचन अधिकृतको कार्यालय दोलखाले जनाएको छ ।

यस्तै शैलुङ गाउँपालिकामा २२ जना, विगु र कालिञ्चोक गाउँपालिकामा २१/२१ जना, गौरीशंकर र तामाकोशीमा २०/२० जना कर्मचारीलाई खटाईने मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । यसैगरी वैतेश्वर र मेलुङमा १९/१९ जना कर्मचारी खटिने भएका छन् । निर्वाचनमा खटिने कर्मचारीका लागि तालिम सञ्चालन भइरहेको छ । भौगोलिक रुपमा विकट पालिकाहरुमा कर्मचारीलाई अलि अघि नै पठाउनेगरी तालिम सञ्चालन भइरहेको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ ।

यसैबीच, दोलखामा स्थानीय तह निर्वाचनका लागि ३२ लहरको मतपत्रको व्यवस्था गरिएको छ । मतपत्रमा ६ वटा राष्ट्रिय मान्यता प्राप्त दल, १६ वटा साना दल र स्वतन्त्र १० जना गरी ३२ लहरको मतपत्र रहेको छ । मतपत्रमा मान्यताप्राप्त राजनितिक दल, राष्ट्रिय मान्यताप्राप्त नभई जिल्लामा दर्ता भएका राजनितिक दल र स्वतन्त्र उम्मेदवारका लागि व्यवस्था गरिएका चुनावि चिन्हहरु राखिएको छ । चुनावि चटारो बढेसँगै गाउँबस्ती यतिबेला चुनावि रौनकले छोपिएको छ । उम्मेदवारले मत मागिरहँदा मतदाता पनि भोट हाल्न पाउने दिनको प्रतिक्षा गरिरहेका छन् ।