जिरी (दोलखा) । दोलखाको जिरी नगरपालिकामा नेपाली कांग्रेसको तर्फबाट नगप्रमुखका उम्मेदवार बनेका लाक्पा शेर्पाले आफुलाई कामको आधारमा जनताले भोट दिने बताएका छन् ।
गत स्थानीय तह निर्वाचनबाट वडाध्यक्षमा नियुक्त भई एक कार्यकाल सकाइसकेका शेर्पाले जनताले आफुले गरेको कामको आधारमा भोट दिने बताएका हुन् । जिरी एफएमको निर्वाचन केन्द्रित कार्यक्रममा बोल्दै उनले गठबन्धन कायम नभएपनि जित हात पार्ने दावी गरे । प्रमुख एजेण्डा लिएर अघि बढेकोले जनताले मूल्यांकन गर्ने शेर्पाको भनाई छ । शेर्पाले पाँच वर्षको अवधिमा आफुलाई जनताले राम्रोसँग चिनेको र त्यसैको आधारमा फेरी पनि जनताले नै मत दिएर आफुलाई नगरप्रमुखमा जिताउने दावी गरेका छन् । आफु वडाध्यक्ष भइसकेपछि जिरी १ मा सुशासन ल्याएको, भ्रष्टचार अन्त्य गरेको र विकासका पुर्वाधारहरुको काम राम्रो गरेको उनको भनाई छ । अब पनि आफु निर्वाचित भएपछि पाँच वर्षभित्रमा जिरीको विकास गर्नका लागि आफु प्रतिवद्ध रहेको शेर्पाले बताए ।
गत स्थानीय तह निर्वाचनबाट वडाध्यक्षमा नियुक्त भई एक कार्यकाल सकाइसकेका शेर्पाले जनताले आफुले गरेको कामको आधारमा भोट दिने बताएका हुन् । जिरी एफएमको निर्वाचन केन्द्रित कार्यक्रममा बोल्दै उनले गठबन्धन कायम नभएपनि जित हात पार्ने दावी गरे । प्रमुख एजेण्डा लिएर अघि बढेकोले जनताले मूल्यांकन गर्ने शेर्पाको भनाई छ । शेर्पाले पाँच वर्षको अवधिमा आफुलाई जनताले राम्रोसँग चिनेको र त्यसैको आधारमा फेरी पनि जनताले नै मत दिएर आफुलाई नगरप्रमुखमा जिताउने दावी गरेका छन् ।
उनले आफु नगरप्रमुखमा निर्वाचित भएको खण्डमा जिरी अस्पताललाई अत्याधुनिक सेवा सुविधा सम्पन्न अस्पतालका रुपमा विकास गरिने, ६० वर्षमाथिका सबै नागरिकको निशुल्क स्वास्थ्य बिमा गर्ने व्यवस्था मिलाउने, कृषकहरुका लागि कृषि उत्पादनलाई उत्पादनस्थलबाटै खरिद गरिदिने संयन्त्र व्यवस्था गरिने, जिरीको माथिल्लो क्षेत्रलाई चौरी तथा भेडाबाख्रा पालनको पकेट क्षेत्र बनाइने, खेलकुदको विकासको लागि एक विद्यालय, एक खेल शिक्षकको व्यवस्था गरिने, प्रत्येक घरमा शुद्ध पिउने पानीको व्यवस्था गरिने, जिरी बजारको फोहोर मैला राख्ने डम्पीङ साइटको व्यवस्था गर्ने, सुन्दर र पर्यटकीय नगरी जिरीको प्रवेश विन्दु खावादेखि जिरी बजारसम्मको सडक क्षेत्रको दाया बाँया पर्यटक आकर्षण गर्न बैगचा निर्माण गर्ने, स्थानीय स्रोत साधन, कच्चा पदार्थको उपयोगको लागि साना तथा मझौला उद्योग खोल्ने कार्यलाई प्रश्रय दिइ नगरपालिकाको तर्फबाट अनुदानको व्यवस्था गरिने र जलविद्युतको खपत बढाउन तथा एलपी ग्यासको खपत घटाउन विद्युतीय चुलोमा अनुदान दिने लगायतका धेरै योजनाहरु पुरा गर्ने प्रतिवद्धता जाहेर गरेका छन् ।