images
images

रामेछापबाट काठमाडौंका लागि छुटेको बस काभ्रेपलाञ्चोकमा दुर्घटना, दुई जना गम्भिर घाईते

  • २४ बैशाख २०८०, आईतवार १५:०९

काभ्रेपलाञ्चोक । रामेछापबाट काठमाडौं जाँदै गरेको यात्रुबाहक बस काभ्रेपलाञ्चोकको चौंरीदेउरालीमा दुर्घटनामा परेको छ ।

दुर्घटनामा परी १२ जना घाईते भएका छन् । घाईतेमध्ये दुई जनाको अवस्था गम्भिर रहेकाले उपचारका लागि धुलिखेल पठाइएको प्रहरीले जनाएको छ । उनीहरुको ठेगाना खुलेको छैन । अन्य घाईतेको अवस्था सामान्य छ । रामेछापको गुराँसेबाट काठमाडौंका लागि छुटेको बा २ ख ८४१८ नम्बरको यात्रुबाहक बस चौंरीदेउराली गाउँपालिका ४ सुगुरेखोला नजिकैको मोडमा दुर्घटना भएको काभ्रेपलाञ्चोकका एसपी भागेन्द्र पुरुष ढकालले जानकारी दिनुभयो ।

घटना लगत्तै बसका चालकलाई नियन्त्रणमा लिइएको छ । पक्राउ परेका चालकले बसको ब्रेक फेल भएपछि नालामा लगेर ठोक्काएको प्रारम्भिक बयान दिएका छन् ।