दोलखा । दोलखा सदरमुकाम चरिकोटस्थित एपेक्स स्कुलका विद्यार्थीहरुले आफ्नी आमासँग खुसी साटेका छन् ।
एपेक्स स्कुलले हाम्रो रेडियोको सभाहलमा आयोजना गरेको कार्यक्रममा विद्यार्थीहरुले आमाप्रति सम्मान प्रकट गर्दै खुसी साटेका हुन् । मातातीर्थ औँसीको अवसरमा ‘वल्र्ड वेष्ट मदर’ कार्यक्रममा विद्यार्थीहरुले आफ्नी आमालाई सम्मान गर्दै आशिरवाद समेत लिएका थिए । कार्यक्रममा आमा र बच्चाबीचको सम्बन्धलाई उजागर गरिएको थियो । बालबालिकाहरुले नृत्य, गित संगित र कविता प्रस्तुत गर्दा कार्यक्रम निकै भावनात्मक बनेको थियो । सो समयमा विद्यार्थीहरुले दिएको प्रस्तुतीले आमाको सम्झनामा शिक्षक र आमाहरुको समेत आँखा रसाएको थियो ।
स्कुलका भाईस प्रिन्सीपल मोहन श्रेष्ठले well being अन्तरगतको emotional well being पाठ्यक्रम अन्तरगत प्री स्कुलको theme विषय र प्राथमिक तहको भाषा विषय यस कार्यक्रममा समावेश गरिएको जानकारी दिनुभयो । उहाँले सम्पुर्ण आमाहरुप्रति उच्च सम्मान प्रकट गर्दै यस्ता कार्यक्रमले विद्यालय, विद्यार्थी र अभिभावकहरुबीच थप सम्बन्ध प्रगाढ हुने विश्वास व्यक्त गर्नुभयो ।
आमा एउटा शब्द मात्र नभएर एउटा भावना भएको र आमानै संसार भएकाले आमाहरुलाई सम्मान गर्न कार्यक्रमको आयोजना गरिएको विद्यालयका संयोजक अन्जित लामाले जानकारी दिनुभयो ।













