रामेछाप । रामेछापको गोकुलगंगा गाउँपालिका–६ फर्पुमा दोस्रो वडाध्यक्ष कप फर्पु खुल्ला पुरुष फुटबल प्रतियोगिता सुरु भएको छ ।
‘मेरो खेल मेरो ठाउँको पहिचान’ भन्ने नाराका साथ सुरु भएको खेलको गोकुलगंगा गाउँपालिकाका अध्यक्ष काजी बहादुर खड्का (दिनेश) ले उद्घाटन गर्नुभयो । वडाध्यक्ष चन्द्र बहादुर सुनुवारको अध्यक्षतामा सुरु भएको प्रतियोगितामा १२ टिमको सहभागीता रहेको छ । प्रतियोगिताको विजेतालाई एक लाख सहित ट्रफी, मेडल र प्रमाणपत्र प्रदान गरिनेछ । यसैगरी द्धितीय हुने टिमलाई ५० हजार सहित ट्रफी, मेडल र प्रमाणपत्र र अनुसासित टिमलाई १५ हजार पुरस्कारको व्यवस्था गरिएको छ । सेमिफाइनलमा पराजित दुई टिमले २५/२५ हजार रुपैंया प्राप्त गर्नेछन् ।
साथै उत्कृष्ट गोलकिपर, उत्कृष्ट खेलाडी, सबैभन्दा बढी गोलकर्ता र लोकल उदयमान खेलाडीलाई १५/१५ रुपैंया सहित मेडल र प्रमाणपत्रले सम्मान गर्ने कार्यक्रम रहेको आयोजक गोकुलगंगा गाउँपालिका वडा नम्बर ६ फर्पुले जनाएको छ ।