images
images

सिन्धुलीमा पौडी खेल्न गएका किशोरको डुबेर मृत्यु

सिन्धुली । सिन्धुलीमा एक किशोरको पौडी खेल्ने क्रममा डुबेर मृत्यु भएको छ ।

सिन्धुलीको गोलञ्जोर गाउँपालिका–७ खुर्काेट घर भई हाल कमलामाई नगरापलिका–७ बुद्धनगरचोकस्थित मामा घर बस्दै आएका १६ वर्षीय प्रतिक देवकोटाको डुबेर मृत्यु भएको हो । आज दिउँसो करिव १ बजे साथीहरुसँग पौडी खेल्न गएका देवकोटा जिल्लाको कमलामाई नगरपालिका–५ ग्वाङखोला दोभानको खड्कुले दहमा डुबेको सिन्धुली प्रहरीले जनाएको छ ।

दहमा डुबेका उनलाई तत्काल उद्धार गरी उपचारका लागि जिल्ला अस्पताल सिन्धुली लगिएकोमा चिकित्सकले मृत घोषणा गरेका हुन् । देवकोटा सिद्धबाबा बोर्डिङ स्कुलमा कक्षा ९ मा अध्ययनरत थिए ।