images
images

दोलखाको भीमेश्वर नगरपालिकाका एक पुरुष मृत फेला

  • २४ जेष्ठ २०७९, मंगलवार १२:०३

दोलखा । दोलखाको भीमेश्वर नगरपालिकाका एक पुरुष मृत फेला परेका छन् ।

भीमेश्वर नगरपालिका वडा नम्बर २ मुर्गाथलीका ३८ बर्षिय बुद्धिमान तमाङ आज जंगलमा मृत फेला परेका हुन् । जेठ २१ गतेदेखि वेपत्ता रहेका तमाङ आज भीरबाट लडेको अवस्थामा मृत भेटिएको दोलखाका प्रहरी प्रवक्ता, प्रहरी निरिक्षक राजेश सिग्देलले जानकारी दिनुभयो । तमाङको शव भीरमा देखेपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए । उनको शव सडेगलेको अवस्थामा फेला परेको र पोष्टमार्टमका लागि पशुपति चौलागाई स्मृति अस्पतालमा राखिएको प्रहरीले जनाएको छ ।