images
images

जिसस दोलखाको निर्वाचन प्रक्रिया सुरु, मतदाता नामावली सार्वजनिक

  • २४ जेष्ठ २०७९, मंगलवार १७:२२

जिरी (दोलखा) । दोलखामा जिल्ला समन्वय समितिको निर्वाचन प्रक्रिया सुरु भएको छ ।

असार १ गते हुने जिससको निर्वाचनका लागि आजदेखि निर्वाचन प्रक्रिया सुरु भएको हो । जिल्ला निर्वाचन कार्यालय दोलखाले आज जिल्ला समन्वय समितिको निर्वाचनमा सहभागी हुने मतदाताहरुको नामावली सार्वजनिक गरेको छ । निर्वाचनमा गत स्थानीय तह निर्वाचनबाट पालिका प्रमुख तथा अध्यक्ष र उपप्रमुख तथा उपाध्यक्षमा निर्वाचित भएका जनप्रतिनिधिले मतदान गर्न पाउनेछन् ।

सोही अनुसार निर्वाचन कार्यालयले आज २ नगरपालिका र ७ गाउँपालिका गरी ९ वटै स्थानीय तहका प्रमुख र उपप्रमुखको नामावली सार्वजनिक गरेको छ ।