images
images

नेकपा एमाले दोलखाको इन्चार्जमा चौंलागाईँ

  • २४ जेष्ठ २०८०, बुधबार १५:२१

दोलखा । नेकपा एमाले दोलखाको इन्चार्जको जिम्मेवारी कमलप्रसाद चौंलागाईँले पाएका छन् ।

पोलिटब्युरो सदस्य समेत रहेका रामेछापका नेता चौंलागाइलाई एमालेले दोलखा जिल्ला इन्चार्जको जिम्मेवारी दिएको हो । एमालेको केन्द्रिय सचिवालय बैठकले नेताहरुको जिम्मेवारी हेरफेर गरेको हो । जसअनुसार दोलखाको प्रदेशसभा १ अन्र्तगतका पालिकाहरुको इन्चार्जको जिम्मेवारी सरस्वती बस्नेतलाई दिइएको छ भने प्रदेशसभा २ अन्र्तगतका पालिकाहरुको इन्चार्जको जिम्मेवारी नेतृ रचना खड्काले पाएकी छिन् ।

यस्तै नेकपा एमालेका पोलिटव्युरो सदस्यद्धय आनन्दप्रसाद पोखरेललाई काठमाडौं इन्चार्जको जिम्मेवारी दिएको छ भने पार्वत गुरुङले चितवन जिल्ला इन्चार्जको जिम्मेवारी पाएका छन् ।