images
images

मादक पदार्थ सेवन गरी रड प्रहार, चार घण्टासम्म छट्पटाइरहेका घाइतेको घटनास्थलमै गयो ज्यान

काभ्रेपलाञ्चोक । काभ्रेपलाञ्चोकमा एक महिलाको हत्या भएको छ ।

काभ्रेको तेमाल गाउँपालिका–२ स्थित काफलबोटेमा स्थानीय अन्दाजी ५५ वर्षीय मानबहादुर तामाङले फलामको रड प्रहार गरी सोही स्थानकी ५८ वर्षीया साईली तामाङको हत्या गरेका हुन् । हिजो बेलुकी करिब ४ः४५ बजे माधक पदार्थ सेवनगरी मानध्वजले साईलीलाई एक्कासी फलामको रडले प्रहार गर्दा उनी गम्भीर घाइते भएकी थिइन् । घटनापछि छटपटाइरहेकी उनी बेलुकी करिब ६ बजे प्रहरीको टोली पुग्दा बेहोस अवस्थामा थिइन् । साँझको समयमा घाइते भएका उनलाई अस्पताल लैजाने तयारी गर्दैगर्दा राती करिब साँढे ८ बजे घटनास्थलमै मृत्यु भएको काभ्रे प्रहरीले जनाएको छ । इलाका प्रहरी कार्यालय कात्तिकेदेउरालीबाट प्रहरी निरिक्षक धमेन्द्र अलोकियाको कमाण्डमा खटिएको टोली घटनास्थलमा पुग्दा उनको मृत्यु भइसकेको थियो ।

कुटपिट गर्ने मानध्वजलाई प्रहरीले नियन्त्रणमा लिएको छ । साईलीको शवलाई अहिले पोष्मार्टमको लागि धुलिखेल अस्पताल राखिएको छ ।