
काठमाडौँ । बागमती प्रदेश सरकारले आगामी आर्थिक वर्षको लागि ६० अर्बको हाराहारीमा बजेट ल्याउने तयारी गरेको छ ।
आर्थिक मामिला तथा योजना मन्त्रालयका अनुसार आगामी आर्थिक वर्षका लागि ६० अर्ब रुपैयाँको बजेट ल्याउने तयारी भएको हो । आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम प्रदेशसभाबाट पारित भइसकेको छ । यो सँगै बागमती प्रदेश सरकारले असार १ गते बजेट ल्याउने तयारी थालेको छ । प्रदेश सरकारको आयस्तरलाई अधिकतम प्रयोग गरी बजेट निर्मण भइरेहको आर्थीक मामिला तथा योजनामन्त्री जगनाथ थपलियाले जानकारी दिनुभयो । ठुला र बृहत् प्रकृतिका योजनासँगै जनताका जीवनस्तरसँग जोड्ने कार्यक्रम आगामी वर्षको बजेटमा समावेश हुने उहाँको भनाई छ । आगामी आर्थिक वर्षको बजेटले कृषि, पर्यटन, शिक्षा, स्वास्थ्य र रोजगारी प्रवर्द्धनलाई प्राथमिकता दिने जनाइएको छ ।
बागमती सरकारले चालु आर्थिक वर्षका लागि ६२ अर्ब ७० करोड ९० लाख ७८ हजार बजेट विनियोजन गरेको थियो । विनियोजित बजेटमध्ये चालुतर्फ रु २६ अर्ब ७० करोड २७ लाख ६९ हजार, पुँजीगततर्फ रु ३५ अर्ब ५० करोड ६३ लाख नौ हजार र वित्तीय व्यवस्थापनतर्फ रु ५० करोड रहेको छ । आगामी वर्षको लागि पनि चालु आर्थिक वर्षकै हाराहारीमा बजेट ल्याउने तयारी गरेको भएको हो ।