images
images

शान्ति सेनाबाट घर फर्किएका पुरुषलाई श्रीमतीले दिइन् ‘सरप्राइज’, श्रीमानले दिए खुकुरी उपहार

  • २५ जेष्ठ २०८१, शुक्रबार ११:२७

काठमाडौं । दाङको तुलसीपुरमा शान्तिसेनाबाट फर्केका पुरुषले आफ्नी श्रीमती परपुरूषसँग भेटेपछि हत्या गरेका छन् ।

कपुरकोट ६ सल्यान घर भई नेपाली सेनाको ज्वालदल गण बारामा कार्यरत अमल्दार शालिकराम बुढाथोकीले तुलसीपुर– ६ डुम्रीगाउँमा बस्दै आएकी श्रीमती टिका बुढाथोकीको हत्या गरेका हुन् । शालिकराम मिसनबाट फर्केर घर बिदामा आएका थिए । घर विदामा आएका बेला श्रीमतीलाई आज बिहान परपुरूषसँग आपत्तिजनक अवस्थामा भेटेपछि शालिकरामले खुकुरी प्रहार गरेका थिए । खुकुरी प्रहारबाट घाइते भएकी टिकाको राप्ती प्रादेशिक अस्पतालमा उपचारका क्रममा मृत्यु भएको इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रमुख डीएसपी ठाकुर पोखरेलले जानकारी दिनुभयो । शालिकरामले श्रीमतीसँगै फेला परेका आर्यन थापालाई समेत खुकुरी प्रहार गरेका छन् । थापाको गर्धन र टाउकोमा गम्भीर चोट लागेको छ । उनको अवस्था पनि गम्भीर भएको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार अछाम घर भएका आर्यन पनि नेपाली सेना कार्यरत छन् । उनी तुलसीपुरस्थित १९ नम्वर बाहिनीमा कार्यरत छन् ।

उनको राप्ती प्रादेशिक अस्पतालमा उपचार भइरहेको छ । खुकुरी प्रहार गर्ने शालिकराम तुलसीपुर प्रहरीको नियन्त्रणमा छन् ।