images
images

माओवादीको पोलिटव्युरोमा दोलखाका ३ नेता

  • २३ असार २०७९, बिहीबार १९:४१

जिरी (दोलखा) । नेकपा माओवादी केन्द्रको पोलिटब्युरोमा दोलखाका ३ नेता मनोनित भएका छन् ।

नेकपा माओवादी केन्द्रले आज १ सय ५६ सदस्यीय पोलिटव्युरो समिति चयन गर्ने क्रममा दोलखाका
पनि तीन प्रभावशाली नेतालाई चयन गरेको हो । जसमा नेताहरु गंगा कार्की र मुक्ती प्रधानका साथै नेतृ देवी खड्कालाई पोलिटव्युरोमा मनोनित गरिएको छ । उनीहरुलाई पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पोलिटव्युरो समितिमा प्रस्ताव गर्नुभएको हो ।

माओवादीको १ सय ५६ सदस्यीय पोलिटव्युरो समितिमा १ सय २५ जना पूर्ण सदस्य र ३१ जना वैकल्पिक सदस्य रहने स्रोतले जनाएको छ ।