जिरी(दोलखा) । बाढीका कारण अवरुद्ध भएको माथिल्लो तामाकोशीको विद्युत उत्पादन सुचारु भएको छ ।
पानीको सहत घट्दै गएपछि आयोजनाको उत्पादन हिजो बेलुकीदेखि पुनः सुचारु भएको हो । पानीको सतह उच्च भएपछि ४५६ मेगावाटको माथिल्लो तामाकोशी आयोजनाको बिधुत उत्पादन शुक्रबार राती देखि नैं बन्द भएको थियो । बाढीले गर्दा बाँधस्थल बालुवा, गिट्टि र गेगरले भरिएको थियो भने बाँधस्थलका सवै ढोका खुल्ला गरिएको थियो । पानीको जलसतह २५० घनमिटर भन्दा माथि पुगेपछि उत्पादन बन्द गरिएको थियो । बाढीले तामाकोशी जलबिधुत केन्द्रको लामावगरको सिस्नेरीस्थित टेलरेस क्षेत्रमा पनि व्यापक कटान गरेको छ । टेलरेस आउट लेटतर्फको सडक बाढीले कटान गरेको र विगतमा इन्ड्रिज हाईड्रोले वर्कशपकोरुपमा प्रयोग गरेको क्षेत्रमा पनि कटान भएको छ । उक्त स्थानमा राखिएका स्पेयर पार्ट्स लगायतका केही सामान समेत बाढीले बगाएको छ ।
बाढीले तामाकोशी पाँचौं जलबिधुत आयोजनाले सिस्नेरीमा निर्माण गरिरहेको ‘स्टाफ क्वाटर’ क्षेत्रमा पनि कटान गर्दा जोखिम बढेको छ भने लामावगरको जगत लगायतका क्षेत्रमा पनि सडक कटान गरेको छ ।