images
images

बहुमत नपाउने भए पनि एकीकृत समाजवादीले प्रधानमन्त्री प्रचण्डलाई विश्वासको मत दिने

  • २३ असार २०८१, आईतवार १८:०६

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको सरकारलाई नेकपा एकीकृत समाजवादीले विश्वासको मत दिने भएको छ ।

आज पार्टी केन्द्रीय समितिको बैठकले बहुमत नपाएर ढल्ने निश्चित रहे पनि विश्वासको मत दिने निर्णय गरेको हो । बैठकपछि सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै नेता जगन्नाथ खतिवडाले २८ गते विश्वासको मत लिने बेला आवश्यक मत प्राप्त नभएपनि आफ्नो पार्टीले मत दिने बताउनुभयो । यस अघि गठबन्धनमा रहेका नेकपा एमाले र अशोक राई नेतृत्वको जनता समाजवादी पार्टीले सरकारलाई दिएको समर्थन फिर्ता लिइसकेको छ ।

प्रचण्ड नेतृत्वको सरकार अल्पमतमा छ । प्रधानमन्त्री प्रचण्डले आगामी असार २८ गते प्रतिनिधि सभाबाट विश्वासको मत लिने तयारी गर्नुभएको छ ।