दोलखा । दोलखामा सर्पको टोकाईबाट एक वृद्धको मृत्यु भएको छ ।
जिल्लाको भीमेश्वर नगरपालिका वडा नम्बर ९ लाकुरीडाँडास्थित अंगेरीडाँडाका ६९ वर्षिय अमृत बहादुर खत्रीको सर्पको टोकाइबाट मृत्यु भएको हो । यही साउन २० गते घर नजिकैको सिस्नो फाड्ने क्रममा सर्पको टोकाइबाट खत्री गम्भीर घाइते भएका थिए । गम्भीर घाइते उनको २१ गते काठमाडौंको टेकु अस्पताल लगिएकोमा आइसियुको अभावका कारण उपचार सम्भव नभएपछि विर अस्पताल लैजाने क्रममा आज मृत्यु भएको भीमेश्वर नगरपालिका वडा नम्बर ९ का वडाध्यक्ष हिमाल श्रेष्ठले जानकारी दिनुभयो । मृतक वृद्धको शव पोष्टमार्टमका लागि विर अस्पतालमा राखिएको छ ।










