काठमाडौँ । बैंक तथा वित्तिय प्रणालीमा तरलता रकम बढि भएपछि राष्ट्र बैंकले आज पुनः ४० अर्व झिक्ने भएको छ ।
राष्ट्र बैंकले तरलता व्यवस्थापनका लागि निक्षेप संकलन उपकरणमार्फत २१ दिनका लागि सो रकम झिक्न लागेको हो । अन्तर बैंक दर तीन प्रतिशतभन्दा तल झरेपछि पूनः बजारबाट पैसा झिक्न लागिएको राष्ट्र बैंकले जनाएको छ ।
हालको व्यवस्था अनुसार अन्तर बैंक व्याजदर तीन प्रतिशतभन्दा तल रहेको अवस्थामा राष्ट्र बैंकले बजारबाट पैसा झिक्ने गरेको छ भने ६.५ प्रतिशत भन्दा बढि भएपछि बजारम पैसा पठाउने गरेको छ ।
निक्षप संकलन खरिदका लागि आज दिउँसो ३ बजेसम्म अनलाईन बोलकबोल गर्न बैंक तथा वित्तिय संस्थालाई आग्रह गरिएको छ ।
बैंक तथा वित्तिय संस्थाले घटीमा १० करोड र बढीमा पाँच करोड रुपैयाँले भाग गर्दा निःशेष भाग जाने गरि बोलकबोल गर्न सक्ने राष्ट्र बैंकले जनाएको छ ।अघिल्लो साता साउन १६ गते पनि राष्ट्र बैँकले ४० अर्ब रुपैयाँ झिकेको थियो ।