नुवाकोट । नुवाकोटमा दुर्घट्नाग्रस्त हेलिकोप्टरमा चिनिया पर्यटक सवार रहेको खुलेको छ ।
दुर्घट्नाग्रस्त हेलिकोप्टरमा क्याप्टेन र चार जना चिनीयाँ पर्यटक सवार रहेका थिए । हेलिकोप्टरमा चिनिया पर्यटक जुदाड टाङ, जी लि, यियाद वु, र जेमिङ सी रहेको पुष्टी भएको हो ।
हेलिकोप्टर क्याप्टेन अरुण मल्लले उडाएका थिए । दुर्घटनास्थलबाट पाँचवटा शव फेला परेको छ ।
हेलिकोप्टर दुर्घटनापछि पर्यटनमन्त्री घटनास्थलतर्फ प्रस्थान गरेका छन् । दुर्घटनालगत्तै पर्यटनमन्त्री बद्री पाण्डे घटनास्थलतर्फ प्रस्थान गरेको मन्त्रालयले जनाएको छ ।