काठमाडौँ । सरकारले नुवाकोटमा भएको हेलिकोप्टर दुर्घटनाको छानबिन गर्न तीन सदस्यीय समिति गठन गरेको छ ।
मन्त्रिपरिषद् आज बसेको बैठकले तीन सदस्यीय छानबिन समिति गठन गर्ने निर्णय गरेको हो । नेपाली सेनाका वरिष्ठ पाइलट सुवास थापाको नेतृत्वमा छानबिन समिति गठन गरिएको छ । आयोगमा विष्णु बस्नेत र तनुजा पोखरेल सदस्य छन् । समितिलाई प्रतिवेदन तयार गर्न तीस दिनको कार्यादेश दिइएको छ ।
नुवाकोटको शिवपुरीमा आज दिउँसो भएको एयर डाइनेस्टीको हेलिकप्टर दुर्घटनामा परि ५ जनाको मृत्यु भएको थियो। हेलिकप्टर दुर्घटनामा सवार पाइलटसहित पाँचै जनाको मृत्यु भएको हो ।