images
images

दशैंका लागि अग्रिम टिकट बुकिङ असोज १ गतेदेखि

  • २२ भाद्र २०७९, बुधबार १५:४५

काठमाडौं । यो वर्षको दशैंका लागि सार्वजनिक सवारीको अग्रिम टिकट बुकिङ असोज १ देखि खुल्ने भएको छ ।

यातायात व्यवस्था विभागमा बसेको सरोकारवालाको बैठकले विश्वकर्मा पूजाको दिनदेखि अग्रिम टिकट बुकिङ खोल्ने निर्णय भएको हो । दशैंमा काठमाडौं छाड्ने यात्रुहरुले अग्रिम टिकट बुकिङको सुविधाका लागि सो व्यवस्था गरेको विभागका महानिर्देशक टोकराज पाण्डेले जानकारी दिनुभयो ।