images
images

जिरीको खोलाखर्क खोलामा डुबेको अवस्थामा एक पुरुष मृत फेला

  • २२ भाद्र २०७९, बुधबार १७:१६

जिरी (दोलखा) । दोलखाको जिरी नगरपालिकामा एक पुरुष मृत फेला परेका छन् ।

जिरी नगरपालिका वडा नम्बर ९ चिपचिपे नजिकै खोलाखर्कस्थित खोलामा जिरी ८ होसिङगा खत्रीटोलका ४१ वर्षीय राजन खत्री मृत फेला परेका हुन् । भाद्र १६ गते अपरान्हदेखि बेपत्ता भएका खत्री मृत फेला परेको इलाका प्रहरी कार्यालय जिरीका प्रहरी निरिक्षक विष्णु बहादुर बस्नेतले बताउनुभयो ।

घरबाट बेपत्ता भएका उनलाई परिवारजन र प्रहरीले समेत खोजीकार्य जारी राखेको बेला आज दिउँसो गाइवस्तु चराउँदा स्थानीयले मृत भेटिएपछि प्रहरीलाई खबर गरेका थिए ।