images
images

धुलिखेल–खावा सडकखण्डमा थप दुई दिन मालवाहक सवारी साधन सञ्चालनमा रोक

  • २२ भाद्र २०८१, शनिबार १२:३९

काभ्रेपलाञ्चोक । अरनिको लोकमार्ग अन्तर्गत काभ्रेपलाञ्चोकस्थित धुलिखेल–खावा सडकखण्डमा पुनः दुई दिनका लागि मालवहाक सवारी साधन सञ्चालन गर्न रोक लगाइएको छ ।

सडक निर्माणका लागि आजदेखि थप दुई दिन मालवहाक सवारी साधन सञ्चालन गर्न रोक लगाएको हो । काठमाडौंको गौरीपावर्ती सेवा नामक निमार्ण कम्पनीको लापरवाहीका कारण समयमै निमार्ण सम्पन्न हुन नसक्दा बर्खाको समयमा सडक जीर्ण भएर जोखिम पुर्ण अवस्थामा रहेकाले निमार्ण विस्तार गर्न थप दुई दिन मालवाहक सवारी साधन सञ्चालनमा रोक लगाएको  भक्तपुर डिभिजन कार्यालयका प्रमुख मेघराज मरासिनीले जानकारी दिनुभयो ।

यसअघि पनि गत जेठमा सो सडकखण्ड विस्तार कार्यका लागि करिब एक हप्ता दैनिक चार घण्टा यातायात सञ्चालन बन्द गरेको थियो । साथै दुई साता टिपरलगायत मालवाहक यातायातका साधनलाई पनि पूर्णरूपमा निषेध गरिएको थियो ।

दोलखा, रामेछाप, सिन्धुपाल्चोक, काभ्रेपलाञ्चोक र चीनको स्वाशसित क्षेत्र तिब्बत जोड्ने तातोपानी नाका पुग्ने मुख्य सडक हो ।