images
images

चीनको न्यालम र खासाको बीचमा सुरुङ बन्दै, दसैँका सामान बोकेका कन्टेनर वीच बाटोमै अलपत्र

  • २२ भाद्र २०८१, शनिबार १३:५३

काठमाडौँ । दसैँ लक्षित सामाग्री बोकेका चिनियाँ कन्टेनर १६ दिनदेखि तातोपानीपारि खासा र न्यालम क्षेत्रमा रोकिँदा व्यवसयायी चिन्तित बनेका छन् ।

चीनले तातोपानी र खासा बजारको बीचमा सुरुङ निर्माण गरिरहेका कारण चीनको व्यापारिक केन्द्र न्यालम र खासाको पार्किङ क्षेत्रमा १६ दिनदेखि कन्टेनर रोकिँदा व्यवसायीहरु चिन्तित बनेका हुन् । कन्टेनर रोकिँदा दसै लक्षित सामाग्री र फलफूल समयमै नआउने त्रासले व्यवसायीहरुलाई सताएको हो । न्यालम सहित अन्य पार्किङमा कन्टेनरको दैनिक भाडा करिब एक हजार चिनियाँ युआन तिर्नुपर्दछ भने तीमध्ये न्यालम क्षेत्रमा रोकिएका २३ कन्टेनरका फलफूल कुहिन थालेका छन् ।

अगस्ट ३० देखि सेप्टेम्बर ३ सम्म सुरुङको ढलान गर्ने काम हुने कारण बाटोमै अड्किएका कन्टेनर केही दिन खासा प्रवेश गर्न पाउने छैनन् । चिनियाँ कन्टेनर तातोपानी आउन ढिला भए मूल्य उति महँगो पर्नेछ । नमस्ते, सिल्क, राखेमा लगायत ट्रान्सपोर्ट कम्पनीका ९३ कन्टेनर चिनियाँ क्षेत्र खासा र न्यालममा रोकिएकोमा दसैँ लक्षित सामाग्री बोकेका ७० वटा टेलर कन्टेनर रहेको तातोपानी सुक्खा बन्दरगाह तथा भन्सार कार्यालयले जनाएको छ ।

कार्यालयले कन्टेनर रोकिएको समस्याबारे चीनको जाङ्मु भन्सारलाई अनुरोध गरिसकेको छ । व्यवसायीको समस्या समाधानका लागि छलफलमा रहेको सिन्धुपाल्चोक उद्योग वाणिज्य संघका महासचिव ईश्वर गुभाजुले बताउनुभयो ।