images
images

पहिलोपटक जनावरको सम्पर्क विनै मानिसमा बर्डफ्लु संक्रमण पुष्टी

  • २२ भाद्र २०८१, शनिबार १५:१२

अमेरिकामा जनावरको सम्पर्क विनै मानिसमा बर्डफ्लु संक्रमण पुष्टी भएको छ ।

अमेरिकाको मिसौरी राज्यमा संक्रमित जनावरको सम्पर्कमै नआएका व्यक्तिमा बर्डफ्लु संक्रमण पुष्टी भएको हो । अगष्ट २२ मा अस्पताल भर्ना भएका ती व्यक्तिको प्रारम्भिक परीक्षणमा फ्लुको प्रकार शंकास्पद देखिएपछि थप परीक्षणका लागि संघीय प्रयोगशालामा पठाईएको थियो । परीक्षणका क्रममा ती विरामीमा बर्डफ्लु पुष्टी भएको रोग नियन्त्रण तथा रोकथाम केन्द्र अन्र्तगतको मिसौरी ‘डिपार्टमेन्ट अफ हेल्थ एण्ड सिनियर सर्भिेसेज’ले जनाएको छ ।

केन्द्रका अनुसार यो वर्ष अमेरिकामा १४ जनामा बर्डफ्लु संक्रमण पुष्टी भईसकेको छ । तर, जनावरहरुको सम्पर्क बिना बर्डफ्लु पुष्टी हुने उनी पहिलो व्यक्ति हुन् । यद्धपी बर्डफ्लु संक्रमित ती व्यक्ति उपचारपछि निको भईसकेका छन् ।