images
images

गण्डकी प्रदेशका प्रमुख सचिवको सरुवा, बागमतीमा कार्कीलाई जिम्मेवारी

  • २२ भाद्र २०८१, शनिबार २२:५२

काठमाडौं । नेपाल सरकार मन्त्रीपरिषदको बैठकले २ जना सचिवको सरुवा गरेको छ । वैठकले उपराष्ट्रपति कार्यालयका सचिव र गण्डकी प्रदेश सरकारका प्रमुख सचिवको सरुवा गरेको हो ।

उपराष्ट्रपति कार्यालयका सचिव मधुकुमार मरासिनीलाई राष्ट्रिय योजना आयोग र गण्डकी प्रदेश सरकारका प्रमुख सचिव लक्ष्मीकुमारी बस्नेतलाई उपराष्ट्रपति कार्यालयमा सरुवा गरिएको हो । बस्नेतले प्रदेश सरकारको प्रमुख सचिवको जिम्मेवारी सम्हालेर बसेकी एक मात्र महिला सचिव हुन् ।

मन्त्रीपरिषद वैठकले सचिवमा बढुवा भएका गोविन्दवहादुर कार्कीलाई बागमती प्रदेश सरकारको प्रमुख सचिवमा पदस्थापन गरेको छ । बागमती प्रदेश सरकारको कामु सचिवको जिम्मेवारीमा रहेका कार्कीलाई बढुवा लगत्तै प्रदेशको प्रमुख सचिवको जिम्मेवारी दिइएको हो ।