images
images

हेलम्बुमा बिरामी परेका बालवालिका मध्ये एकको मृत्यु, दुई जना आईसियुमा

  • २० आश्विन २०८०, शनिबार १८:४७

सिन्धुपाल्चोक । सिन्धुपाल्चोकको हेलम्वुमा एक्कसाी बिरामी परेका १९ जना वालवालिका मध्ये एक बालकको मृत्यु भएको छ ।

वाकवाकी लाग्ने, ज्वरो र झाडा पखाला जस्ता लक्षण देखिएको रोगवाट एकैसाथ १९ जना वालवालिका बिरामी परेका थिए । स्थानीय अस्पतालले प्रारम्भिक उपचार पछि १४ जनालाई थप उपचारकालागि काठमाडौं रिफर गरेकोमा एक बालकको मृत्यु भएको हो । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार सिकिस्त बिरामी परेका तीन वर्ष मुनिका बालकलाई उपचारकालागि काठमाडौं ल्याउने क्रममा वीच बाटोमै मृत्यु भएको हो । बिरामी वालवालिका मध्ये ३ जना डिस्चार्ज भइसके पनि २ जनाको आईसियुमा र ८ जनाको हाइकेयरमा उपचार भईरहेको छ । ती वालवालिका असोज १६ गते एकैसाथ बिरामी परेका थिए ।

हेलम्बुमा वालवालिकामा देखिएको रोगको पहिचान भने अझै हुन सकेको छैन । उनीहरुको दिशा, पिसाव र रगतको नमुना संकलन गरी परिक्षण भईरहेको मन्त्रालयले जनाएको छ ।