images
images

बाढीले पुल बगाएपछि सडक सम्पर्क टुटेको तातोपानी नाका ह्युमपाईपले जोडियो

  • २१ आश्विन २०८१, सोमबार १४:३१

सिन्धुपाल्चोक । अरनीको लोकमार्ग अन्र्तगत नेपाल चिन सिमा क्षेत्र लार्चामा ह्युमपाईप राखेर सवारी सञ्चालन गरिएको छ ।

गत साता आएको बाढी पहिरोले पुल बगाएपछि सडक सम्पर्क टुटेको तातोपानी नाका ह्युमपाईपले जोडिएको हो । ह्युमपाईप राखेर सडक सञ्चालनमा ल्याईएको भोटेकोशी गाउँपालिकाका अध्यक्ष पासाङनुर्वु शेर्पाले जानकारी दिनुभयो । ह्युमपाईप राखेर साना सवारी सञ्चालन गरिएपनि ठुला सवारी साधन भने सञ्चालनमा आउन सकेको छैन ।

ह्युमपाईप राखेर तातोपानी नाकामा रोकिएका साना सवारी साधन भने पास गराईएको छ । लार्चामा ह्युमपाइप राखेर सडक सामान्य अवस्थामा सञ्चालन गरिएपनि कोदारीको पहिरो तथा लिपिङ खोलाको पुल भने पुननिर्माण भएको छैन ।

भोटेकोशी बाढीले बगाएको लार्चा पुल भएको स्थानमा मानव आवतजावतका लागि तुईनसमेत राखिएको छ । भोटेकोशी गाउँपालिका–२ लार्चामा रहेको बेलिब्रिज बगाएपछि सीमा क्षेत्र लिपिङका स्थानीय सडक सम्पर्क विहिन भएका थिए ।

तातोपानी नाका अवरुद्ध हुँदा दँशैका लागि चिनबाट फलफुल र लत्ताकपडा बोकेर आएका करिव ९ सय भन्दा बढि कन्टेनरका सामान चीन र नेपालको सीमा क्षेत्रमा अलपत्र परेको छ ।