images
images

कांग्रेस क्षेत्रीय सभापति सुक्रराज तमाङको स्पष्टोक्तिः ‘पार्टीको जिम्मेवारी पुरा गर्छु’

  • २१ कार्तिक २०७९, सोमबार १४:२०

जिरी (दोलखा) । नेपाली कांग्रेस दोलखा प्रदेशसभा ‘१’ का क्षेत्रीय सभापति सुक्रराज तामाङले आफुले कांग्रेसको राजनीतिबाट सन्यास नलिएको स्पष्ट पारेका छन् ।

सामाजिक सञ्जाल फेसबुकमार्फत भर्खरै स्टाटस लेख्दै उनले आफ्नो धारणा सार्वजनिक गरेका हुन् । यसअघि हिजो बेलुकी उनको फेसबुक आइडीबाट पार्टी ठिक तर फटाहाहरु धेरै भएकाले सन्यास लिए भन्दै स्टाटस सार्वजनिक भएको थियो । तर, उनले आज भने हिजो आफ्नो भनाई नभएर मोबाईल अफ भएको समयमा अरु कसैले प्रयोग गरी भ्रम सिर्जना गरेको बताएका छन् ।

सो प्रति आफ्नो गम्भीर ध्यानाकर्षण भएको भन्दै तामाङले आफु नेपाली काँग्रेसको निष्ठावान नेता र इमान्दार कार्यकर्ता भएको दावी गरे । साथै, उनले पार्टीले दिएको जिम्मेवारी पनि इमान्दारिताका साथ निर्वाह गर्ने प्रतिवद्धता जनाएका छन् ।

शुक्रराजको आजको स्टाटसः

हिजोको स्टाटसः