images
images

नेपालमा डेंगु संक्रमितको संख्या ५० हजार बढी

  • २१ कार्तिक २०७९, सोमबार १६:२३

काठमाडौं । नेपालमा डेंगु संक्रमितको संख्या ५० हजार नाघेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको तथ्याङक अनुसार ३ हजार ४ सय ९५ जनामा डेंगु रोग पुष्टि भएको हो । योसँगै नेपालमा डेंगु संक्रमितको संख्या ५० हजार २ सय ६३ पुगेको छ । गत कार्तिक १४ गते डेंगुको संख्या ४६ हजार ७ सय ६८ पुगेको थियो । डेंगुबाट मृत्यु हुनेको संख्या ५५ पुगेको छ । गत साउन महिनादेखि सुरु भएको डेंगु सङक्रमण ७७ वटै जिल्लामा फैलिसकेको छ ।