images
images

बागमती प्रदेशका मन्त्री युवराज दुलालका अंगरक्षक मृत फेला

  • २१ कार्तिक २०८०, मंगलवार १४:०३

हेटौंडा । बागमती प्रदेशका भौतिक पूर्वाधार विकासमन्त्री युवराज दुलालका अंगरक्षक मृत फेला परेका छन् ।

मन्त्री दुलालका अंगरक्षक ४२ वर्षिय यामबहादुर सुवेदी आज झुन्डिएको अवस्थामा मृत फेला परेका हुन् । उनी हेटौंटास्थित बनदेवी मन्दिर परिसरमा झुन्डिएको अवस्थामा फेला परेको मकवानपुरका प्रहरी प्रमुख सीताराम रिजालले जानकारी दिनुभयो । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।