images
images

भक्तपुर नगरपालिकामा एक दिनअघि भाईटिका लगाईने

  • २१ कार्तिक २०८०, मंगलवार १४:५२

भक्तपुर । भक्तपुर नगरपालिकाले एक दिनअघि नै भाईटिका मनाउन निर्देशन दिएको छ ।

भक्तपुरका नेवार समुदायले यो वर्ष पञ्चांग निर्णायक समितिले निर्धारण गरेको मितिभन्दा एक दिन अगाडि नै म्ह पुजा र भाईटिका मनाउने भएका हुन् । नगरपालिकाले आज सार्वजनिक सुचना नै जारी गरेर २७ गते म्ह पुजा र २८ गते भाईटीका मनाउन निर्देशनात्मक रुपमा आह्वान गरेको हो । पञ्चांग निर्णायक समितिले यो वर्ष कात्तिक २५ गते कागतिहार, २६ गते लक्ष्मीपुजा, २७ गते गाई तिहार, २८ गते गोवद्र्धन तथा म्ह पुजा र २९ गते भाईटीका एवम् किजा पुजा गर्ने निर्णय गरेको थियो ।

तर, भक्तपुर नगरपालिकाले भने २६ गते दिउँसो लक्ष्मी पुजा गर्ने, कात्तिक २७ गते म्हः पुजा गर्ने र कात्तिक २८ गते दिउँसो २ बजेर ३८ मिनेटमा द्धित्तिया तिथि लाग्ने भएकाले सो दिन किजा पुजा अर्थात् भाईटीका गरेर तिहार सम्पन्न गर्न आह्वान गरेको हो ।