
दोलखा । दोलखाका ठुला सहकारीको सुचीमा पर्ने चरिकोटस्थित मिलिजुली कालिञ्चोक बचत तथा ऋण सहकारी संस्थाको सञ्चालक समिति र लेखा सुपरिवेक्षण समिति निर्विरोध चयन हुने भएको छ ।
साकोसको सञ्चालक समिति र लेखा सुपरिवेक्षण समिति चयन गर्न निर्वाचन तालिका सार्वजनिक भएपनि सबै पदमा एकल उम्मेदवारी परेको हो । निर्वाचनका लागि कात्तिक १४ गते मतदाता नामावली प्रकाशन, १५ गते नामावली उपर दावी विरोध, १६ गते दावि विरोधमाथि छानविन, १८ गते उम्मेदवारी दर्ता, २१ गते उम्मेदवारको नामावलीमाथि दावि विरोध, २२ गते उम्मेदवारको दाबी विरोध छानविन गर्नेगरी कार्यतालिका सार्वजनिक भएको थियो ।
यस्तै, कात्तिक २३ गते दावि विरोध छानविन पछिको उम्मेदवारहरुको नामावली प्रकाशन, मंसिर १ गतेसम्म उम्मेदवारले नाम फिर्ता लिने र सोही दिन उम्मेदवारको अन्तिम नामावली प्रकाशन गर्नेगरी निर्वाचन तालिका सार्वजनिक भएको थियो । यसरी निर्वाचन तालिका सार्वजनिक भएपनि सबै पदमा एकल उम्मेदवारी परेकाले मिलिजुली कालिञ्चोक साकोसको सञ्चालक समिति र लेखा सुपरिवेक्षण समिति निर्विरोध चयन हुने भएको हो । सञ्चालक समितिको ६ पदका लागि एकल उम्मेदवारी परेको छ भने १३ जना सदस्य र लेखा सुपरिवेक्षण समितिमा पनि तीन जनाको मात्रै उम्मेदवारी परेको छ ।
दोलखाका ठुला सहकारीको सुचीमा पर्ने चरिकोटस्थित मिलिजुली कालिञ्चोक बचत तथा ऋण सहकारी संस्थाको सञ्चालक समिति र लेखा सुपरिवेक्षण समिति निर्विरोध चयन हुने भएको छ । साकोसको सञ्चालक समिति र लेखा सुपरिवेक्षण समिति चयन गर्न निर्वाचन तालिका सार्वजनिक भएपनि सबै पदमा एकल उम्मेदवारी परेको हो । निर्वाचन तालिका सार्वजनिक भएपनि सबै पदमा एकल उम्मेदवारी परेकाले मिलिजुली कालिञ्चोक साकोसको सञ्चालक समिति र लेखा सुपरिवेक्षण समिति निर्विरोध चयन हुने भएको हो । सञ्चालक समितिको ६ पदका लागि एकल उम्मेदवारी परेको छ भने १३ जना सदस्य र लेखा सुपरिवेक्षण समितिमा पनि तीन जनाको मात्रै उम्मेदवारी परेको छ ।
जसअनुसार मिलिजुली कालिञ्चोक साकोस सञ्चालक समितिको अध्यक्षका लागि कृष्ण बहादुर गौतमको एकल उम्मेदवारी परेको छ । गौतम क्याम्पस प्रमुख भइसकेका व्यक्ति हुन् । यसअघि पनि गौतमले मिलिजुली कालिञ्चोक साकोसको विभिन्न पदाधिकारीमा रहेर भुमिका निर्वाह गर्नुभएको थियो । साकोसको वरिष्ठ उपाध्यक्षमा कृष्ण प्रसाद अधिकारी, महिला उपाध्यक्षमा सरुणा बस्नेत, सचिवमा ठाकुर प्रसाद पाठक, सहसचिवमा अर्जुन प्रसाद चौंलागाई र कोषाध्यक्षमा सुरेशचन्द्र खड्का निर्विरोध चयन भएका छन् ।
यस्तै, महिला सदस्यमा अनिता खड्का, शारदा थापा, लक्ष्मी थापा र विनिता सुवेदी भण्डारी, खुल्ला सदस्यमा राजेश उप्रेति, पुष्कर कुमार श्रेष्ठ, देवेन्द्र अर्याल, रमेश चौंलागाई, युवराज खड्का, रविलाल श्रेष्ठ, नवराज रिजाल, रुद्रजंग बुढाथोकी र सुजन काफ्ले निर्विरोध चयन भएका छन् । साकोसको लेखा सुपरिवेक्षण समितिको संयोजकमा नारायण प्रसाद सापकोटा र सदस्यमा भीमसेन बस्नेत र फत्त बहादुर श्रेष्ठ निर्विरोध निर्वाचित भएका छन् ।
सवै पदाधिकारीका एकल उम्मेदवारी परेकाले सवै जना निर्विरोध चयन भएपनि औपचारिक घोषणा भने अन्तिम साधारणसभाको दिन गरिने मिलिजुली कालिञ्चोक साकोसका कार्यकारी अधिकृत (सिईओ) ईश्वर न्यौपानेले जानकारी दिनुभयो ।