काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीको पहिलो औपचारीक विदेश भ्रमण चीनबाट हुने निश्चित भएसँगै भ्रमणको तयारी सुरु गरिएको छ ।
चीनको निम्तो पाएसँगै प्रधानमन्त्री कार्यालयले प्रधानमन्त्री ओलीको भ्रमणको तयारी र एजेण्डाबारे तयारी सुरु गरेको हो । प्रधानमन्त्री ओली डिसेम्बर २ देखि ६ अर्थात् मंसिर १७ देखि २१ गतेसम्म औपचारिक भ्रमणका लागि चीन भ्रमणमा रहने तय भएसँगै तयारी सुरु गरिएको हो ।
चीनबाट औपचारिक निम्तो पाएसँगै प्रधानमन्त्री ओलीले परराष्ट्र मन्त्री आरजुु राणा देउवालाई भ्रमणको तयारी गर्न निर्देशन दिईसक्नुुभएको छ । सोहीअनुसार मन्त्री राणाले बुधवारदेखि आन्तरिक छलफल सुरु गर्र्नुभएको छ । यद्यपि सरकारले प्रधानमन्त्री ओलीको चीन भ्रमणबारे औपचारिक जानकारी भने दिईसकेको छैन ।