काठमाडौं । भोलीदेखि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल दैनिक १० घण्टासम्म बन्द हुने भएको छ ।
भोली कात्तिक २३ गतेदेखि आगामी चैत्र १८ गतेसम्म दैनिक १० घण्टा विमानस्थल बन्द गर्न लागिएको हो । धावनमार्ग बिस्तारका लागि आन्तरिक तथा अन्तर्राष्ट्रिय उडान ३५ प्रतिशतसम्म कटौती हुने छन् । राती १० बजेबाट बिहान ८ बजेसम्म विमानस्थल पूर्ण रुपमा बन्द गरिने नेपाल उड्डयन प्राधिकरणले जनाएको छ ।
१० घण्टासम्म विमानस्थल बन्द हुँदा काठमाडौंबाट हुने ३० प्रतिशत अन्तर्राष्ट्रिय र ३५ प्रतिशत आन्तरिक उडान तथा अवतरण कटौती हुँदैछन् ।