मलेसियाले सबै विदेशी कामदारलाई सञ्चयकोष सुविधा दिने घोषणा गरेको छ ।
मलेसिया सरकारले सबै विदेशी कामदारलाई कर्मचारी सञ्चयकोष (ईपीएफ) मा योगदान अनिवर्या गर्ने नीति बनाएको हो । मलेसियाले त्यसका लागि चरणवद्ध रुपमा कार्यान्वयन गर्ने सन् २०२५ को बजेटमै घोषणा गरेको छ । बजेट मार्फत यस्तो घोषणा गर्दै प्रधानमन्त्री दातुक सेरी अनवर ईब्राहिमले सबै आप्रवासी श्रमिकलाई अन्तराष्ट्रिय मापदण्डअनुसार उचित व्यवहार गर्न सरकार प्रतिवद्ध रहेको बताउनुभएको थियो ।
मलेसिया सरकारको यो कदमले करिव २० लाख विदेशी कामदार लाभान्वित हुने भएका छन् । त्यसमध्य करिव ५ लाख नेपाली श्रमिकले यो सुविधा पाउनेछन् ।
यसैबीच, मलेसियाले कुल श्रमशक्तिको १५ प्रतिशत मात्र विदेशी कामदार हुने गरि तोकेको कोटालाई भने निरन्तरता दिएको छ । जुन १ देखि तोकिएको विदेशी श्रमिकको कोटालाई मलेसियाले सेप्टेम्वर १५ को समीक्षपछि पनि पुनः निरन्तरता दिएको हो ।
मलेसिया प्रमुख श्रम गन्तव्य रहेको नेपाल लगाएतका मुलुकलाई यो निर्णयले प्रभाव पारेको छ । मलेसिया सरकारको यो निर्णयपछि जेठ यता नेपाली श्रमिक रोजगारीका लागि मलेसिया जान पाएका छैनन् ।
एजेन्सीको सहयोगमा ।