images
images

हल्लायो ४ दशमलव ६ म्याग्निच्युडको भूकम्पले, ‘इपिसेन्टर’ दोलखाको ओराङ

जिरी(दोलखा) । दोलखामा भूकम्पको धक्का महसुस गरिएको छ ।

आज बेलुकी ७ बजेर ५६ मिनेटमा जिल्लामा भूकम्पको ठूलै धक्का महसुस भएको हो । जिल्लाको ओराङ केन्द्रविन्दु भएर ४ दशमलव ६ म्याग्निच्युडको भूकम्प गएको राष्ट्रिय भूकम्प मापण तथा अनुसन्धान केन्द्रले जनाएको छ । भूकम्पको ठूलो धक्का महसुस भएपछि जिल्लाबासी त्रसित भएका थिए ।

यसअघि कार्तिक१० गते राती पनि दोलखाकै लामिडाँडा केन्द्रविन्दु भएर ४ दशमलव ५ म्याग्निच्युडको भूकम्प गएको थियो ।