images
images

यी हुन् दोलखामा १ सय मत नकटाउने उम्मेदवार

दोलखा । दोलखामा प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनमा उम्मेदवारी दिएका २७ जना उम्मेदवारले १ सय मत पनि कटाउन सकेका छैनन् ।

मंसिर ४ गते सम्पन्न प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनमा उम्मेदवारी दिएका ५२ जना मध्ये २७ जना उम्मेदवारले १ सय मत पनि कटाउन नसकेका हुन् । मुख्य निर्वाचन अधिकृतको कार्यलय दोलखाका अनुसार १ सय मत पनि कटाउन नसक्नेमा प्रतिनिधिसभा सदस्यका लागि उम्मेदवारी दिएका राजनितिक दलका ४ जना र ६ जना स्वतन्त्र गरी १० जना रहेका छन् । यस्तै, प्रदेश सभा सदस्यका लागि उम्मेदवारी दिएका प्रदेशसभा क्षेत्र १ मा राजनितिक दलका ५ जना र स्वतन्त्र ७ गरी १२ जना तथा प्रदेशसभा २ तर्फ उम्मेदवारी दिएका राजनितिक दलका १ जना र स्वतन्त्र उम्मेदवार ४ जना गरी ५ जना सहित जम्मा २७ जनाले १ सय मत पनि कटाउन नसकेका हुन् ।

जिल्लामा स्वतन्त्र र दलीय उम्मेदवारी दिएका अधिकाशंले १ सय मत पनि कटाउन नसकेको पाइएको छ । प्रतिनिधिसभा सदस्यका लागि ३६ हजार ८ सय २० मत प्राप्त गर्दै माओवादी केन्द्रका गंगा कार्की (विश्व) निर्वाचित हुँदा १० जनाले भने १ सय भन्दा कम मत पाएका हुन् । जसअनुसार प्रतिनिधिसभा सदस्यका लागि प्रत्यक्षतर्फ उम्मेदवारी दिएका नेपाल मजदुर किसान पार्टीका गोपाल शिवाकोटीले ६२ मत प्राप्त गरेका छन् भने नागरिक उन्मुक्ति पार्टीका सुक्र तमाङले ५१, नेपाली कांग्रेस (बिपी) का लोकबहादुर खड्काले ३५, जनसमाजवादी पार्टी नेपालका जनार्दन पोखरेलले ५५ मत मात्रै प्राप्त गरेका छन् ।

प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनमा उम्मेदवारी दिएका २७ जना उम्मेदवारले १ सय मत पनि कटाउन सकेका छैनन् । मंसिर ४ गते सम्पन्न प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनमा उम्मेदवारी दिएका ५२ जना मध्ये २७ जना उम्मेदवारले १ सय मत पनि कटाउन नसकेका हुन् । तिनिधिसभा सदस्यका लागि ३६ हजार ८ सय २० मत प्राप्त गर्दै माओवादी केन्द्रका गंगा कार्की (विश्व) निर्वाचित हुँदा १० जनाले भने १ सय भन्दा कम मत पाएका हुन् ।

यस्तै हेलमेट निर्वाचन चिन्ह लिएर प्रतिनिधिसभा सदस्यका लागि उम्मेदवारी दिएका जीवनाथ शिवाकोटीले १८, क्रस खुकुरी चिन्ह लिएर उम्मेदवारी दिएका टंक बहादुर खानीले ४०, पुतली निर्वाचन चिन्ह लिएका बद्री दाहालले १२, पानीको फिल्टर निर्वाचन चिन्ह लिएका यज्ञराज न्यौपानेले २०, माछा चुनाव चिन्ह भएका विरबहादुर कार्कीले १५ र टेलिभिजन निर्वाचन चिन्ह लिएका रामबहादुर सुवेदीले ९ मत प्राप्त गरेका छन् ।

यस्तै प्रदेशसभातर्फ प्र्रदेशसभा क्षेत्र नम्बर १ मा नेपाली कांग्रेसका कुन्दनराज काफ्लेले २३ हजार २ सय ४७ मत प्राप्त गर्दै प्रदेशसभा सदस्यका लागि निर्वाचित हुँदा १२ जना उम्मेदवारले भने १ सय मत पनि कटाउन नसकेका हुन् । नेपाल मजदुर किसान पार्टीका कृष्ण गोविन्द्र लाखाजुले ४६ मत, लोकतान्त्रिक समाजवादी पार्टी लोसपाबाट उम्मेदवारी दिएका जित बहादुर जिरेलले ९७, नेपाल मंगोल अर्गनाइजेशन पार्टीका लोकबहादुर गुरुङले ८६, नेपाल आमा पार्टीका भिमसेन बजगाईले ५७ र जनसमाजवादी पार्टी नेपालका सुरेश कार्कीले ५५ मत प्राप्त गरेको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।

जिल्लामा स्वतन्त्र र दलीय उम्मेदवारी दिएका अधिकाशंले १ सय मत पनि कटाउन नसकेको पाइएको छ । १ सय भन्दा कम मत पाएका उनीहरुको जमानत जफत हुने भएको छ । पहिलो हुने निर्वाचित हुने निर्वाचन प्रणाली अन्तर्गतको कुनै निर्वाचनमा मतदान गरिएको जम्मा सदर मतको १० प्रतिशतभन्दा कम सदर मत पाउने उम्मेदवारको धरौटी जफत हुने व्यवस्था रहेको छ ।

कार्यालयका अनुसार स्वतन्त्रबाट स्कुटर चिन्ह लिएर निर्वाचन लडेका रत्नबहादुर आपागाईले ५८, केबुलकार निर्वाचन चिन्ह लिएका रामजी तमाङले ४२, पानीको धारा निर्वाचन चिन्ह लिएका टिकाबहादुर तमाङले २७, ब्याडमिन्टन कक निर्वाचन चिन्ह भएका शान्त बहादुर तमाङले १२, क्यालकुलेटर निर्वाचन चिन्ह लिएका आङदोर्जे शेर्पाले ५, प्रेसर कुकर निर्वाचन चिन्ह लिएका निमारिन्जी शेर्पाले ५, केराको काइयो निर्वाचन लिएका रमेश कुमार थोकरले ३ मत मात्रै पाएका छन् ।

दोलखामा प्रदेशसभा २ तर्फ नेकपा एमालेका भरत केसीले १९ हजार ४ सय २९ मत प्राप्त गर्दै प्रदेशसभा सदस्यमा निर्वाचित हुँदा ५ जनाले भने १ सय मत कटाउन सकेका छैनन् । नेपाल आमा पार्टीका अमृत बहादुर चौलागाईले ७४ मत पाएका छन् भने स्वतन्त्रतर्फ क्याप निर्वाचन चिन्ह लिएका दावा तमाङले २३, जेब्रा चिन्ह लिएका नवराज खरेलले ६, फुटबल खेलाडी निर्वाचन चिन्ह लिएका नेत्रबहादुर भुजेलले २४, लालटिन निर्वाचन चिन्ह लिएर उम्मेदवारी दिएका राधाकृष्ण थापाले ९३ मत पाएका छन् । १ सय भन्दा कम मत पाएका उनीहरुको जमानत जफत हुने भएको छ । पहिलो हुने निर्वाचित हुने निर्वाचन प्रणाली अन्तर्गतको कुनै निर्वाचनमा मतदान गरिएको जम्मा सदर मतको १० प्रतिशतभन्दा कम सदर मत पाउने उम्मेदवारको धरौटी जफत हुने व्यवस्था रहेको छ ।