images
images

लिखु–४ जलविधुत आयोजनाको तीन महिनामा १९ करोड नाफा

  • २१ मंसिर २०७९, बुधबार ०९:०७

जिरी (दोलखा) । रामेछापस्थित लिखु–४ जलविद्युत आयोजनाबाट तीन महिनाको अवधिमा १९ करोड नाफा भएको छ ।

रामेछापमा ५२.४ मेगावाटको लिखु–४ जलविद्युत आयोजना निर्माण गरी सञ्चालनमा ल्याएको ग्रीन भेन्चर्स लिमिटेडले तीन महिनामा १९ करोड ४५ लाख रुपैयाँ खुद नाफा कमाएको हो । कम्पनीले सार्वजानिक गरेको आर्थिक वर्ष २०७९/८० को वित्तीय विवरण अनुसार सो नाफा आर्जन गरेको देखिएको छ । गत वर्ष घाटामा रहेपनि अहिले कम्पनीले १९ करोड ४५ लाख ८९ हजार ८ सय ९१ रुपैयाँ नाफा कमाएको कम्पनीले जनाएको छ । कम्पनीले सो अवधिमा लिखु–४ जलविद्युत केन्द्रको विद्युत बिक्री गरी ५२ करोड ५ लाख १७ हजार ३ सय ५ रुपैयाँ आम्दानी गरेको छ । कम्पनीका अनुसार गत वर्ष सोही समयअवधिमा ५३ लाख ७१ हजार ७ सय ८२ रुपैयाँ घाटामा थियो । रामेछापमा सञ्चालनमा रहेको लिखु–४ जलविद्युत आयोजनानले २०७८ साल कात्तिक २१ गतेदेखि उत्पादन सुरु गरेको हो ।

यसैबीच, सोलुखोलामा निर्माण सम्पन्न मध्य सोलुखोला जलविद्युत् आयोजनाको उपकरण परीक्षण तथा चार्जिङ कार्य सफल भएको छ । सोमवार र मङ्गलवार गरिएको विद्युतीय उपकरण परीक्षण तथा चार्जिङको काम सफल भएको हो । २०७७ असोजमा निर्माण सुरु भएको ९ दशमलव ५ मेगावाट क्षमताको आयोजनाले पावर हाउसदेखि खोरिया हुँदै सोलु कोरिडोरको सबस्टेशन तिङलासम्मको १३२ केभी प्रसारण लाइन परिक्षण तथा चार्जिङको काम गरेको मिड सोलु हाइड्रोपावर लिमिटेडका निर्देशक माधव मैनालीले जानकारी दिनुभयो ।