images
images

पुसमा दोलखा महोत्सव हुँदै, यसरी गरिँदैछ तयारी

दोलखा । आगामी पुस महिनामा हुन लागेको दोलखा महोत्सवको तयारी सुरु भएको छ ।

सदरमुकाम चरिकोट स्थित टुँडिखेलमा आगामी पुस १३ देखि २२ गतेसम्म १० दिने बृहत दोलखा महोत्सव २०८० को तयारी सुरु भएको हो । दोलखा उद्योग बाणिज्य संघको आयोजनामा हुने महोत्सवले आन्तरिक उत्पादनको प्रबद्र्धनका साथै जिल्लाको सुस्ताउँदो व्यापार व्यवसायलाई थप चलायमान बनाउने अपेक्षा गरिएको छ । महोत्सवको तयारी स्वरुप हाल स्टल बुकिङ धमाधम भैरहेको दोलखा उद्योग बाणिज्य संघले जनाएको छ । स्टल बुकिङ पौस ३ गतेसम्म मात्र खुला रहनेछ ।

महोत्सवमा डेढ सय स्टल राख्ने लक्ष्य लिईएकोमा हालसम्म करिब २५ वटा स्टल बुकिङ भैसकेको दोलखा उद्योग बाणिज्य संघका महासचिव सुरेश उप्रेतीले जानकारी दिनुभयो । उहाँका अनुसार स्थानीय उत्पादनलाई प्राथमिकता दिने उद्धेश्यले स्थानीय उद्यमिलाई ४० वटा स्टल छुट्याईएको छ । महोत्सवको प्रधानमन्त्री पुष्पकमल दहाल प्रचण्डले उद्घाटन गर्ने तयारी गरिएको छ । अंग्रेजी नयाँ वर्षलाई लक्षित गरी धेरै भन्दा धेरै आन्तरिक तथा बाह्य पर्यटक जिल्ला भित्र्याउने उद्धेश्यले महोत्सवको आयोजना गरिएको आयोजकले जनाएको छ । सदरमुकाम चरिकोट स्थित टुँडिखेलमा महोत्सव चलिरहँदा सो अवधिभर सातदोवाटोदेखि बीचबजारसम्म स्ट्रिट फुड फेस्टिबल समेत आयोजना गरिनेछ ।

सदरमुकाम चरिकोट स्थित टुँडिखेलमा आगामी पुस १३ देखि २२ गतेसम्म १० दिने बृहत दोलखा महोत्सव २०८० को तयारी सुरु भएको हो । दोलखा उद्योग बाणिज्य संघको आयोजनामा हुने महोत्सले आन्तरिक उत्पादनको प्रबद्र्धनका साथै जिल्लाको सुस्ताउँदो व्यापार व्यवसायलाई थप चलायमान बनाउने अपेक्षा गरिएको छ । महोत्सवको तयारी स्वरुप हाल स्टल बुकिङ धमाधम भैरहेको दोलखा उद्योग बाणिज्य संघले जनाएको छ । स्टल बुकिङ पौस ३ गतेसम्म मात्र खुला रहनेछ ।

दोलखा उद्योग वाणिज्य संघका अध्यक्ष ईन्द्र श्रेष्ठले हाल महोत्सवको तयारी तीब्र पारिएको बताउनुभयो । उहाँले जिल्लाको कृषि, उद्यमको प्रबद्र्धन र आन्तरिक तथा बाह्य पर्यटकको प्रबद्र्धनका लागि महोत्सवको आयोजना गरिएको बताउनुभयो । जिल्लाको व्यापार, व्यवसाय र बजारलाई चलायमान बनाउनुका साथै जिल्लाका स्थानीय उत्पादनहरुको प्रदर्शन गरी प्रचार प्रसार तथा बिक्री वितरण गरिने, धार्मिक तथा पर्यटकीय स्थलहरुको प्रबद्र्धन गर्ने महोत्सवको मुख्य उदेश्य रहेको अध्यक्ष श्रेष्ठको भनाई छ ।

दोलखा महोत्सवमा झाँकीहरुको प्रदर्शनीका साथै राष्ट्रिय तथा स्थानीय कलाकारहरुको सांस्कृतिक प्रर्दशनी रहनेछ । यस्तै, चरिकोट टुँडिखेलदेखि भ्यूटावर हुँदै देउरालीसम्म घोडचडि सञ्चालन गरिनेछ । महोत्सवमा बिद्यालय स्तरीय नृत्य प्रतियोगिता, जिल्ला स्तरीय लोक दोहोरी तथा जातीय भेषभूषा प्रतियोगिता र विभिन्न खेलकुद प्रतियोगिता सञ्चालन हुनेछ । आयोजकका अनुसार महोत्सवमा उत्कृष्ट कृषक तथा उद्यमीहरुलाई पुरस्कृत गरिनेछ भने दोलखा रत्नहरुलाई सम्मान गरिनेछ । दोलखाको समग्र विकासका लागि नौँ वटै स्थानीय तहहरुसँग आर्थिक वहस सञ्चालन गरिने जस्ता विषय महोत्सवको मुख्य आर्कषणका रुपमा रहनेछ ।

महोत्सवमा बृद्धबृद्धा, जेष्ठ नागरिक, अपांगता भएका व्यक्ति र बिद्यार्थीहरुलाई बिशेष छुट सहितको प्याकेज सञ्चालन गरिनेछ । यस्तै, स्थानीय उद्यमि व्यवसायीलाई स्टल बुकिङमा समेत विशेष छुट प्रदान गरिनेछ । दोलखामा यसअघि, २०७९ साल फागुन १९ देखि २७ गतेसम्म दोलखा महोत्सवको आयोजना गरिएको थियो । नौँ दिनसम्म सदरमुकाम चरिकोट स्थित टुँडिखेलमा भएको महोत्सव चेम्बर अफ कमर्स दोलखाको आयोजनामा भएको थियो ।