images
images

सरकारद्धारा एनसेलको सेयर खरिद बिक्री प्रकरणको छानबिन गर्न समिति गठन

  • २१ मंसिर २०८०, बिहीबार १०:५०

काठमाडौं । सरकारले एनसेल प्रकरण छानविनको लागि पाँच सदस्यीय समिति गठन गरेको छ ।

आज बिहान बसेको मन्त्रिपरिषद् बैठकले पूर्वमहालेखापरीक्षक टंकमणि शर्माको नेतृत्वमा समिति गठन गरेको हो । समितिमा प्रधानमन्त्री कार्यालयका कानुन हेर्ने सचिव फणीन्द्र गौतम र अर्थ मन्त्रालयका सहसचिव रितेश काफ्ले सदस्य छन् । गौतम राजस्व महाशाखा प्रमुख पनि हुन् । ६ दिन अगाडि स्पेक्ट्रलाइट यूके लिमिटेड र आजियाटा यूके लिमिटेडबीच एनसेलको सेयर कारोबारका लागि सम्झौता भएको थियो । यो सम्झौता बमोजिम स्पेक्ट्रलाइट यूकेले आजियाटाको सेन्टस कीटस एन्ड नेभिसमा रहेको रेनोल्डस होल्डिङ लिमिटेडको १०० प्रतिशत सेयर स्वामित्व लिने समझदारी बनेको थियो ।

एनसेलको ८० प्रतिशत स्वामित्व रेनोलल्डस होल्डिङसँग रहेको छ । प्रक्रिया पुरा नगरी एनसेल खरिद बिक्री गरिएको भन्दै सरकारले असन्तुष्टि जनाएको छ ।