images
images

देउवा र ओलीबीच भेटवार्ताः यस्तो भयो कुराकानी

  • २४ पुष २०७८, शनिबार ०७:३७

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवा र प्रमुख प्रतिपक्ष दल एमालेका अध्यक्ष केपी शर्मा ओलीबिच आज वान टु वान वार्ता भएको छ ।

एमाले अध्यक्ष ओलीलाई भेट्न देउवा आज बालकोटस्थित ओली निवासमै पुग्नुभएको थियो । भेटमा संसदको गतिरोध अन्त्य गर्ने विषयमा छलफल भएको छ । प्रधानमन्त्रीले संसदको गतिरोध हटाउने विषयमा अनुरोध गरेको प्रधानमन्त्री प्रेस संयोजक गोविन्द परियारले जानकारी दिनुभयो । भेटमा देउवाले अमेरिकी सहायता परियोजना एमसिसि सम्झौता अघि बढाउने विषयमा पनि एमालेको सहयोग माग गर्नुभएको थियो । आफुले कारवार्ही गरेका माधव नेपाल सहित १४ जना सांसदको कारवार्हीलाई रोकेर अवैध रुपमा नेकपा एस दर्ता गरिएको भन्दै एमालेले लगातार संसद अवरुद्ध गर्दै आएको छ । प्रधानमन्त्रीसँगको भेटपछि एमाले अध्यक्ष ओलीले आजको भेटवार्ता सकारात्मक भएको बताउनुभएको छ ।

यसअघि शुक्रबार बसेको उच्चस्तरीय राजनितिक समन्वय समितीको बैठकले संसद अवरोध र न्यायलयको समस्याबारे प्रधानमन्त्री देउवालाई ओलीसँग वार्ता गर्न आग्रह गरेको थियो । सोही अनुसार प्रधानमन्त्री देउवा ओलीलाई भेट्न आज वालकोट पुग्नुभएको हो ।