images
images

माघ पहिलो सातादेखि तेस्रो मात्रा खोप दिइने

  • २४ पुष २०७८, शनिबार ०९:२३

काठमाडौं । सरकारले माघको पहिलो साताबाट अग्रपंतिमा काम गर्नेहरुलाई कोरोना विरुद्धको खोपको तेस्रो मात्रा दिने भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले अग्रपंतिमा काम गर्ने र ६० वर्ष माथिका जेष्ठ नागरिकलाई कोभिड १९ विरुद्धको थप एक अतिरिक्त (तेस्रो) मात्रा खोप दिने भएको हो । मन्त्रालयका सचिव डा.रोशन पोखरेलले माघको पहिलो साताबाट अग्रपंतिमा काम गर्ने चिकित्सक, स्वास्थ्यकर्मी, सुरक्षाकर्मी लगायतलाई अतिरिक्त थप एक मात्रा खोप लगाउने तयारी गरिएको जानकारी दिनुभयो । यस्तै माघको दोस्रो साताबाट रोग प्रतिरोधात्मक क्षमता कम भएका तथा ६० वर्षमाथिका सबैलाई अतिरिक्त थप एक मात्राको खोप दिईने भएको हो ।

सरकारसँग हाल एक करोड दुई लाख मात्रा खोप स्टक रहेको छ । कोभिड १९ खोप सल्लाहाकार समितिको सिफारिसमा मन्त्रालयले थप एक मात्रा खोप दिन थालेको हो । सम्भावित कोरोना भाईरसको तेस्रो लहरलाई दृष्टिगत गर्दै कारोना भाईरसको थप एक मात्रा दिन लागिएको मन्त्रालयका सचिव पोखरेलले बताउनुभयो ।