images
images

एमाले दोलखाको अधिवेशनः अध्यक्षमा श्रेष्ठ र दुलाल, सचिवमा पाठक र थोकरबीच प्रतिस्पर्धा

  • २४ पुष २०७८, शनिबार १०:३९

दोलखा । नेकपा एमाले दोलखाको ५ पदाधिकारीमा २२ जनाको उम्मेदवारी परेको छ ।

निर्वाचन समितिका अनुसार अध्यक्ष पदका लागि दुई, उपाध्यक्षका लागि ५ जना, सचिवमा २ र उपसचिवमा १३ जनाको उम्मेदवारी परेको हो । पार्टी अध्यक्ष पदका लागि नर बहादुर श्रेष्ठ र भरत दुलालको उम्मेदवारी परेको परेको छ । श्रेष्ठ हाल नेकपा एमाले दोलखाको उपाध्यक्ष थिए भने दुलाल सचिव थिए । उनीहरुबीच अध्यक्षका लागि कडा प्रतिस्पर्धा हुने देखिएको छ । यस्तै उपाध्यक्षमा राजेन्द्र मानन्धर, जानुका न्यौपाने, प्रेमकुमारी चौंलागाई, कृष्ण बस्नेत र राम बहादुर श्रेष्ठको उम्मेदवारी परेको छ ।

सचिवमा हिरा थोकर र होम प्रसाद पाठकको उम्मेदवारी परेको छ । उनीहरु दुई जनाबीच पनि कडा प्रतिस्पर्धा हुने देखिएको छ । उपसचिव पदमा भने एक दर्जन बढीले उम्मेदवारी दर्ता गराएका छन् । उपसचिवमा सुन्दर कार्की, धर्मेन्द्र मोक्तान, सुन्दर लामिछाने, रेशमराजस्वराज रिमाल, कमला बस्नेत, केशव चौैंलागाई, सिता केसीको उम्मेदवारी गरेको छ ।यसैगरी हरिवंश चौंलागाई, माधवलाल कायस्थ, विनकुमार थामी, गोमा केसी, नवराज कार्की र हरि जिरेलले पनि उपसचिवमा उम्मेदवारी दर्ता गराएका छन् ।

एमाले दोलखाको नयाँ नेतृत्व चयनका लागि हुने निर्वाचनमा आज विहान १० बजेदेखि साँढे १ बजेसम्म उम्मेदवारी दर्ताको समय तोकिएको थियो । एक अध्यक्ष, एक उपाध्यक्ष, एक सचिव र २ उपसचिव सहित ९९ सदस्यीय जिल्ला कमिटिको चयनका लागि जिल्लाभरबाट ३५ मनोनित सहित ८ सय ७ जना प्रतिनिधिहरु अधिवेशनमा सहभागि भएका छन् । निर्वाचन भोली विहान मात्रै हुने निर्वाचन समितिले जनाएको छ ।