images
images

आजदेखि सातै प्रदेशबाट श्रम स्वीकृति सेवा प्रदान हुने

  • २४ पुष २०७९, आईतवार ०८:०१

काठमाडौं । आजदेखि सातै प्रदेशबाट श्रम स्वीकृति प्रदान हुने भएको छ ।

श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले काठमाडौंबाट मात्रै प्रदान गर्दै आएको संस्थागत र व्यक्तिगत श्रम स्वीकृति सेवा आजदेखि सातवटै प्रदेशस्तरबाट प्रदान हुने भएको हो । आजदेखि श्रम तथा रोजगार कार्यालय विराटनगर र जनकपुरबाट पनि संस्थागत र व्यक्तिगत श्रम स्वीकृति लिन सकिने मन्त्रालयले जनाएको छ । यसअघि यी कार्यालयबाट पुनः श्रम स्वीकृति मात्रै हुँदै आएको थियो । यस्तै, श्रम तथा रोजगार कार्यालय सुर्खेत र धनगढीबाट पनि पुनः श्रम स्वीकृति र व्यक्तिगत श्रम स्वीकृति प्रदान हुनेछ ।

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको मन्त्रिपरिषद्ले पुस ११ गते गरेको निर्णय कार्यान्वयन गर्ने क्रममा आजदेखि विराटनगर र जनकपुरबाट श्रम स्वीकृत लिन सकिने भएको छ । यो सँगै सात वटै प्रदेशबाट सबै खाले श्रम स्वीकृति लिन सकिने व्यवस्था भएको श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका सचिव एकनारायण अर्यालले बताउनुभयो ।