images
images

इन्टरनेट कम्पनीमा काम गर्ने क्रममा करेन्ट लागेर मेलुङका एक युवकको मृत्यु, शव आफन्तले बुझेनन्

  • २४ पुष २०७९, आईतवार १३:१७

जिरी (दोलखा) । काठमाडौँमा करेन्ट लागेर मृत्यु भएका दोलखाका एक पुरुषको शव अझै आफन्तले बुझेका छैनन् ।

काठमाडौँको कपनस्थित टुडिखेलमा करेन्ट लागेर मृत्यु भएका दोलखाको मेलुङ गाउँपालिका २ का २५ वर्षीय विष्णु खड्काको शव तीनदिनसम्म पनि आफन्तले नबुझेका हुन् । यहि पौष २२ गते कपनस्थित डिस्नार इन्टरनेट कम्पनीमा काम गर्ने क्रममा करेन्ट लागेर उनको घटनास्थलमै मृत्यु भएको थियो । इन्टरनेट जडान गर्ने क्रममा करेन्ट लागेर भुईमा टाउको ठिक्कदा उनको मृत्यु भएको मृतकका आफन्तले बताएका छन् । मृतक खड्काको शव अहिले कपनस्थित करुणा अस्पतालमा राखिएको छ ।

कम्पनीले क्षतिपुर्ति दिन आनाकानी गरेकाले अहिलेसम्म शव आफन्तले नबुझेको बताइएको छ । अहिले कम्पनी र मृतकका आफन्तबीच क्षतिपुर्ति उपलब्ध गराउनेबारे वार्ता भइरहेको छ । मृतक खड्काका बुबाआमा, श्रीमती र एक छोरा तथा एक छोरी छन् । उनका बुबा क्यासरको बिरामी समेत छन् ।