images
images

प्रदेश १ को मुख्यमन्त्रीमा एमालेका कार्की नियुक्त

  • २४ पुष २०७९, आईतवार १७:४५

प्रदेश १ को मुख्यमन्त्रीमा नेकपा एमाले संसदीय दलका नेता हिक्मत कार्की नियुक्त हुनु भएको छ ।

प्रदेश प्रमुख पर्शुराम खापुङले कार्कीलाई आज मुख्यमन्त्रीमा नियुक्त गर्नुभएको हो । ९३ सदस्यीय प्रदेश सभामा ४७ जना सांसद भए बहुमत पुगेपनि कार्कीले ६० जना सांसदको हस्ताक्षर प्रदेश प्रमुखसमक्ष पेस गर्नुभएको थियो । कार्कीलाई एमालेका ४०, नेकपा माओवादी केन्द्रका १३, राप्रपाका ६ र जनता समाजवादी पार्टीका एक जना गरी ६० जनाले समर्थन गरेका छन् ।

प्रदेश सभामा कुनै पनि दलको बहुमत नपुगेपछि प्रदेश प्रमुखले दुई वा दुईभन्दा बढी दलको समर्थनमा सरकार बनाउन आज बेलुका ५ बजेसम्मको समय दिनुभएको थियो ।