images
images

सर्भरको समस्या समाधान भएपछि राहदानी वितरण सुरु

  • २४ पुष २०७९, आईतवार १८:३२

काठमाडौँ । राहदानी विभागको सर्भरमा समस्या आएपछि रोकिएको राहदानी वितरण सेवा पुनः सुचारु भएको छ ।

एक सातादेखि राहदानी विभागको सर्भरमा समस्या आउँदा रोकिएको राहदानी वितरण सेवा सुरु भएको हो । गत पौष १७ गतेदेखि सर्भरमा समस्या आएको थियो । हिजोदेखि समस्या समाधान भएसँगै राहदानी वितरण सेवा पुनः सुरु भएको विभागका प्रवक्ता दुरपदा सापकोटाकाले जानकारी दिनुभयो ।

विभागको सर्भरमा समस्या आउँदा बायोमेट्रिक गरिसकेपछि बनेका राहदानी वितरण रोकिएको थियो । सो समस्याको समाधान भएसँगै अहिले विभागमा आएर सेवाग्रहीले बनिसकेको राहदानी लिइरहेको प्रवक्ता सापकोटाले बताउनुभयो ।